वि.सं:
नेपाल संवत: ११४५ थिंलाथ्व पञ्चमी - ५
सञ्चार तथा सूचना प्रविधि मन्त्त्रालय अन्तर्गत जिल्लास्तरीय सरकारी कार्यालयको रुपमा रहेको यस कार्यालय धनकुटा न.पा. वडा नं. ४ देब्रेबाँसमा रहेको छ । यस कार्यालय अन्तर्गत ६ वटा पालिका हुलाक कार्यालय र १९ वटा अतिरिक्त हुलाक कार्यालयहरु (४ वटा अ.हु.का. स्वत खारेज बाहेक) रहेको छ । यस कार्यालयले हुलाक टिकट बिक्री,रजिष्ट्री पत्र, रजिष्ट्री पुलिन्दा, बैदेशिक पुलिन्दा, द्रुत सेवा (EMS) तथा साधारण पत्र दर्ता तथा वितरणको कार्य गर्दछ ।
यस जिल्ला हुलाक कार्यालय अन्तर्गतका इलाका हुलाक कार्यालयहरु देहायानुसार छन् :-
क्र.सं. | इलाका हुलाक कार्यालयको नाम | स्थानीय तह |
१ | इलाका हुलाक कार्यालय हिले | धनकुटा न.पा. |
२ | इलाका हुलाक कार्यालय पाख्रीबास | पाख्रीबास न.पा. |
३ | इलाका हुलाक कार्यालय आँखिसल्ला | शहिदभूमि गा.पा. |
४ | इलाका हुलाक कार्यालय मुगा | पाख्रीबास न.पा. |
५ | इलाका हुलाक कार्यालय चुङबाङ | पाख्रीबास न.पा. |
६ | इलाका हुलाक कार्यालय लेगुवा | महालक्ष्मी न.पा. |
७ | इलाका हुलाक कार्यालय अर्खोले | महालक्ष्मी न.पा. |
८ | इलाका हुलाक कार्यालय मारेककटहरे | महालक्ष्मी न.पा. |
९ | इलाका हुलाक कार्यालय तेलिया | छथर जोरपाटी गा.पा. |
१० | इलाका हुलाक कार्यालय भेडेटार | साँगुरीगढी गा.पा. |
११ | इलाका हुलाक कार्यालय डाँडाबजार | साँगुरीगढी गा.पा. |
१२ | इलाका हुलाक कार्यालय राजारानी | चाौबिसे गा.पा. |
१३ | इलाका हुलाक कार्यालय मुढेबास | चाौबिसे गा.पा. |