हुलाक दर्ता पत्रपत्रिकाले छुट पाउने अवस्था
क) नियमानुसार हुलाक दर्ता तथा नविकरण भएको काठमाडौं उपत्यका तथा मोफसलबाट प्रकाशित हुने स्थानिय दैनिक वा साप्ताहिकपत्रिका हुनु पर्ने।
ख) १०० ग्राम सम्मको पत्रिका समाचार मुलक हुनुपर्ने, म्यागजिन वा पुस्तक आकारको नभई समाचार पत्रिकाको रुपमा प्रकाशित भएको हुनु पर्ने ।
ग) पत्रपत्रिकाले एक हुलाकमा दाखिला गर्ने अनुमति प्राप्त गरी सोही हुलाकबाट प्रत्येक ग्राहकलाई छुट्टाछुट्टै एक प्रकाशनको एक-एक प्रति मात्र पठाएको हुनु् पर्ने।
घ) बण्डल बनाई बिक्रेताको नाममा पठाउन नपाउने र त्यसभित्र अन्य कुरा खामी पठाउन नपाउने।
ङ) यसरी पठाउने पत्रिका एक प्रकाशनको एक अंकको १०० प्रति मात्र पठाउन सकिने ।
|