सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत जिल्लास्तरीय सरकारी कार्यालयको रुपमा रहेको यस कार्यालय धनकुटा न.पा. वडा नं. ४ देब्रेबासमा रहेको छ । यस कार्यालय अन्तर्गत हाल ६ वटा हुलाक कार्यालय र १८ वटा अतिरिक्त हुलाक कार्यालयहरू रहेका छन् । यस कार्यालयले हुलाक टिकट बिक्री काउण्टरबाट हुलाक टिकट बिक्रि गर्दछ। रजिष्ट्री पत्र, रजिष्ट्री पुलिन्दा तथा साधारण पत्र दर्ता र वितरण गर्दछ भने वैदेशिक पुलिन्दा, द्रुत सेवा (EMS) को वितरणको कार्य गर्दछ ।
यस जिल्ला हुलाक कार्यालय अन्तर्गतका हुलाक कार्यालयहरू देहायअनुसार छन् :-
| क्र.सं. | काउण्टर/हुलाक कार्यालयको नाम | ठेगाना |
| १ | हुलाक काउण्टर, भिमनारायण चौक | धनकुटा |
| २ | हुलाक कार्यालय, महालक्ष्मी नगरपालिका | अर्खौले |
| ३ | हुलाक कार्यालय, पाख्रीबास नगरपालिका | पाख्रीबास |
| ४ | हुलाक कार्यालय, छथरजोरपाटी गाउँपालिका | तेलिया |
| ५ | हुलाक कार्यालय, सहिदभूमि गाउँपालिका | आँखीसल्ला |
| ६ | हुलाक कार्यालय, साँगुरीगढी गाउँपालिका | भेडेटार |
| ७ | हुलाक कार्यालय, चौबिसे गाउँपालिका | राजारानी |